Banner Second

४ महीनापछि आज होटेल/रेस्टुराँ खुल्ने,स्वास्थ्य प्रोटोकलको अन्योल कायमै

By थाहा अनलाइन

July 30, 2020

काठमाडौं / १५ साउन । सरकारले बन्दाबन्दी अन्त्य गरी साउन १५ गतेदेखि होटेल तथा रेस्टुराँ व्यवसाय सञ्चालन गर्न स्वीकृति दिएसँगै बिहीवार (आज) देखि औपचारिक रूपमा होटेल/रेस्टुराँलगायत पर्यटनसँग सम्बद्ध अन्य कार्यालय खुल्दै छन् ।

नेपालको मुख्य पर्यटकीय सिजनलाई ध्यानमा राख्दै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरू आजबाटै सञ्चालनमा आउने भएका छन् । तर, होटेल व्यवसायीहरू स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलको अस्पष्टताले अन्योलमा परेको बताउँछन् ।

खासगरी विदेशबाट आउने पर्यटकका विषयमा स्पष्ट मापदण्ड नहुँदा अन्योल कायमै रहेको उनीहरूको भनाइ छ । विदेशी पर्यटक क्वारेन्टाइनमा बस्ने गरी नेपाल घुम्न नआउने भएकाले पीसीआर टेस्ट गरी आउँदा उनीहरूलाई कसरी व्यवहार गर्ने स्पष्ट नभएको उनीहरूको भनाइ छ ।

सरकारले होटेल खोल्न अनुमति दिए पनि विदेशबाट आउने पर्यटक क्वारेन्टाइनमा १४ दिन नै बस्नुपर्ने वा नपर्ने अथवा पीसीआर रिपोर्ट नेगेटिभ भए मात्रै पुग्नेलगायत विषयमा अन्योल कायम रहेको होटेल संघ नेपाल (हान)का अध्यक्ष सृजना राणाको भनाइ छ ।

होटेलहरू बिहीवारबाट सञ्चालनमा आए पनि सरकारले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू भदौ १ गतेबाट मात्रै खोल्ने निर्णय गरेकाले त्यसपछि मात्रै अन्तरराष्ट्रिय पर्यटकको अवस्था के हुने भन्ने भन्न होटल सञ्चालकहरु बताउछन।