​शान्ति सुरक्षालाई प्रबिधिमैत्री बनाउछु सापकोटा



 

सैघाली खबर

दाङ, २७ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले शान्तीसुरक्षालाई प्रबिधिमैत्री बनाउने बताएका छन् । भखरै सरुवा भएर आएका सापकोटाले तुलसीपुरको शान्ति सुरक्षालाई मजवुद बनाउन प्रबिधिमैत्री बनाईने बताएका हुन् । पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उनले बिज्ञान र प्रबिधिको बिकास संगै शान्ति शुरक्षा कायम गर्न प्रबिधिको उच्च प्रयोग गर्नुपर्ने बताए । ‘प्रहरी खटिएर मात्रै हुँदैन्’ उनले भने ‘ अब प्रबिधिको उच्च प्रयोग हुनुपर्छ ।’ उनले बजारका बिभिन्न क्षेत्रमा बिग्रिएको अबस्थामा रहेका सिसि क्यामेरा सञ्चालनमा ल्याउने र आबश्यक क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने बताएका छन् ।

जसले गर्दा शान्ति सुरक्षा कायम गर्न, अनुसन्धान गर्न र प्रमाण जुटाउन सहज हुने उनले बताए । तुलसीपुर क्षेत्र बढी अपराधिक गतिबिधि हुने गरेको भन्दै उनले समग्र तुलसीपुरको शान्ति सुरक्षालाई मजवुद बनाउन प्रतिबद्ध भएर लाग्ने बताए । उनले यस क्षेत्रको शान्ति सुरक्षामा खलल पार्ने गुण्डागर्दी, जुवातास, वेश्यावृती, लागुऔषध ओसारपसारको अन्त्य गर्ने बताए । यस क्षेत्र सल्यान, रुकुम, पश्चिम दाङलगायतका क्षेत्रको मुख्य आर्थिक केन्द्र भएकाले बढी आर्थिक सम्बन्धी अपराध हुने गरेको उनले बताए । त्यसको न्युनिकरण गर्न पनि आफुसंगै निकै चुनौती रहेको बताए । हत्या , हिंसालगायत ठुला ठुला घटनाहरु यस क्षेत्रमा हुने गरेको भन्दै उनले यसको अन्त्य गर्ने बताए ।

साथै उनले पश्चिम क्षेत्रमा अबैद्य रुपमा काठको कारोवार, नदी जन्य पदार्थ उत्खनन् तथा तस्करीको समस्या रहेको भन्दै त्यसको न्युनिकरण गर्ने बताए । महिना महिनामा प्रहरी प्रमुख फेरिने समस्या रहेकाले पनि अपराधिक गतिबिधिले प्रसय पाईरहेको भन्दै आउदा दिनमा यस्ता समस्या नदोहोरिने उनले बताए ।यस अघिका प्रमुख सुधिरराज शाही निर्दोश ब्यक्तिलाई गोली फायर गरेको भन्दै बिभागले सरुवा गरेपछि प्रमुखको रुपमा सापकोटा तुुलसीपुर आएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्