Banner Second

नेपाल सुन चाँदी व्यवसाय महासंघको अध्यक्षमा बिकाश शारडा निर्बिरोध चयन

By Thah Online

July 30, 2020

महेश सिंह सिरहा १४ श्रावण – सिरहाको लहानमा नेपाल सुन-चाँदी व्यवसाय महासंघले ७ औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्य समिति सदस्य समेत चयन गरेका छ्न । नेपाल सुन-चाँदी व्यवसाय संग आबद्ध बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन । निर्वाचित शारडा विभिन्न संघ संस्थाको बिगतमा पनि प्रमुखको जिम्मेवारी समालदै आएका हुन् । शारदा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन्। शारदा धार्मिक र सहयोगि ब्यक्ती र समाजसेवी हुन् । बिकास बिगतको बर्षहरुमा मठ ,मन्दिर र धार्मिक कामहरुमा आर्थिक सहयोग समेत गरेका हुन । सिटी जेसिज लहानका नब निर्वाचित अध्यक्ष वसन्त साहले दिएको जानकारी अनुसार सानै उमेर देखि नै ब्यापारमा लागेका बिकास आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका शाहले बताए ।