सञ्चालक र कर्मचारीको विवरण बुझाउन उर्दी कसरी बुजाउलान विवरण



काठमाडौं१५ वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन बुझाउँदा संस्थाका सञ्चालक तथा कर्मचारीहरुको विवरण पनि बुझाउन वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेको छ । विभागले बुधवार एक जरुरी सूचना जारी गर्दै उक्त आग्रह गरेको हो विभागले सूचनामा वैदेशिक रोजगार वयवसाय सञ्चालनका लागि ईजाजतपत्र प्राप्त संस्थाहरुले आर्थिक वर्ष २०६७/०७७ को वािर्षक विवरण बझाउन आउँदा संस्थाका सञ्चालक तथा कर्मचारीहरुको विवरण अनिवार्यरुपमा विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा प्रविष्टी गरी त्यसको प्रिन्ट प्रतिमा संस्थाको सिल तथा दस्ताखतसहित प्रमाणित गरी पेश गर्नुपर्ने उल्लेख गरेको छ ।हाल व्यवसायीहरुले वैदेशिक रोजगारमा गत वर्ष पठाएका कामदारहरुको विवरण सभावेश गरी वार्षिक प्रतिवेदन विभागमा बुझाउन शुरु गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषको अवधारणा कार्यान्वयनमा ल्याएपछि व्यवसायीहरुले यसअघि नै विवरण पेश गरिरहेका छन् । तर गत चैत ३० गतेदेखि नै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरुको श्रम स्वीकृति बन्द गरेपछि सबैजसो म्यानपावर कम्पनीहरुले कर्मचारी विदा गरिसकेका छन् ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसाय सञ्चालनमा रहेको अवस्थामा एउटा म्यानपावर कम्पनीमा न्यूनतम ५ देखि  बढीमा २५ जना गरी वैदेशिक रोजगार व्यवसायीहरुका कार्यालयमा कम्तीमा १५ हजारको हाराहारीमा कर्मचारी बेरोजगार रहेको बताएको छ ।

विभागले यसअघि गत वर्ष मंसिरमा सात दिनभित्र सञ्चालक र कर्मचारीहरुको विवरण बुझाउन निर्देशन दिँदै तोकिएको समयमा विवरण नबुझाउने म्यानपावर कम्पनीहरुको कारोवार रोक्का राखिने चेतावनी समेत दिएको थियो । तर यस पटक त्यस्तो चेतावनी दिइएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्