मल्लेसीका बाढिपिडितलाई प्रवक्ता भण्डारी र गाउँपालीका अध्यक्ष द्वारा एक लाख नगद सहयाेग ,



उत्तम कुमार थापा
बझाङ जिल्लामा रहेकाे केदारस्यु गाउँपालीका वडा नम्बर ८ मल्लेसीका बाढिपिडितलाई अार्थिक सहयाेग गरिएको छ ।

केदारस्यु गाउँपालीकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारी र त्यसै गाउँपालीकाका प्रवक्ता तथा वडा नम्बर एक का वडा अध्यक्ष लाेकेश भण्डारीले मल्लेसीबासिलाई राहत स्वरुप एक लाख हस्तान्तरण गरेकाे हाे ।

केही समय अगाडि अाएकाे अविरल बर्षाले गर्दा मल्लेसीमा १७ घर बाढिले बगाएको थियाे भने ७ जनाकाे मृत्यु समेत भएको समयमा अाफुहरु प्रत्यक्ष त्यहि गएको र रिपोर्टिङ गरेकाे बताउदै प्रवक्ता भण्डारीले भने,अाफुले ३० हजार र गाउँपालीका अध्यक्ष ईन्द्र बहादुर भण्डारीले ७० हजार व्याक्तिगत सहयाेग गरेको बताउदै गाउँपालीकाले त्याहाकाे बस्ति कसरी व्यावस्थित गर्ने भन्ने विषयमा खाका तयार पारिरहेको उनकाे भनाइ छ ।

प्रवक्ता समेत रहेका लाेकेश भण्डारीले भने, स्थानीय सरकार अहिले लागिपरेको बताउदै प्रदेश सरकार र केन्द्रीय सरकारले पनि याे घटनाबारे गहिरिएर हेेरेकाे भन्दै चाडै त्यस बस्तिकाे व्यावस्थापन हुने र अविरल बर्षाले गर्दा सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा जसरी बाढी पहिराे गएकाे थियाे त्यसमा दुख व्याक्त गर्दै ,देश तथा विदेश बाट अार्थिक भाैतिक, तथा सामाजिक सहयाेग गर्ने सबै सबै जनसमुदायलाई धन्यवाद दिनुभएको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।