सात श्रमिकबालबालिकाको पुनःस्थापना



सैघाली खबर
दाङ, २७मंसिर । हिमालयन शान्ति तथा विकास अभियान(हिप्डेक) नेपालले घोराहीबाट श्रममा रहेका सात जना बालबालिकाहरुलाई परिवारमापुनस्र्थापना गरेको छ । घोराही उप महानगरपालिकाका विभिन्न स्थानबाट श्रममा लागि रहेका बालबालिकालाई उद्धार गर ीस्टेशनरी तथा श्रमिक बालबालिकाको परिवारलाई आयआर्जन सहयोग सहित परिवारमा पुनस्र्थापनगरेको हो ।

घोराहीका विभिन्न होटलबाट ४ जना, घरेलु श्रम, गाडी धुलाई र किराना पसलबाट १/१ जना गरी ७जना श्रमिक बालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको हो । पुनस्र्थापना गरिएका बालबालिकाहरुमा घोराही–२ लामिडाँडाका १२ वर्षीय राजेश बोहरा, घोराही १३ मङ्लेरीका १४ वर्षीय सिरबहादुर थापा, घोराही ११ भिरकौवाका १३ वर्षीय कृष्ण राना, घोराही ३ कुइरेपानीकी १२ वर्षीया सलिना ओली घोराही २ मोतीपुरका १३ वर्षीय रमेश चौधरी, घोराही १४ बसपार्कका १० वर्षीय हिमाल नेपाली र घोराही १७ चौघेराका १४वर्षीय गिरिराज बुढामगर रहेका छन् ।
हिप्डेक नेपालका सदस्य शरद अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगर पालिकाकी उपमेयर सीता न्यौपानेको प्रमुख आतिथ्यतामाकार्यक्रम सम्पन्नभएको थियो । बुधवार उपमहानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिले श्रमिकबालबालिकालाई स्टेशनरी सामग्री तथा प्रतिपरिवार १६ हजार पाँच सयका दरले आयआर्जन सहयोग रकम हस्तान्तरण गर्नुभएको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्