सात श्रमिकबालबालिकाको पुनःस्थापना

By थाहा अनलाइन

December 13, 2017

सैघाली खबर दाङ, २७मंसिर । हिमालयन शान्ति तथा विकास अभियान(हिप्डेक) नेपालले घोराहीबाट श्रममा रहेका सात जना बालबालिकाहरुलाई परिवारमापुनस्र्थापना गरेको छ । घोराही उप महानगरपालिकाका विभिन्न स्थानबाट श्रममा लागि रहेका बालबालिकालाई उद्धार गर ीस्टेशनरी तथा श्रमिक बालबालिकाको परिवारलाई आयआर्जन सहयोग सहित परिवारमा पुनस्र्थापनगरेको हो ।

घोराहीका विभिन्न होटलबाट ४ जना, घरेलु श्रम, गाडी धुलाई र किराना पसलबाट १/१ जना गरी ७जना श्रमिक बालबालिकालाई परिवारमा पुनस्र्थापना गरिएको हो । पुनस्र्थापना गरिएका बालबालिकाहरुमा घोराही–२ लामिडाँडाका १२ वर्षीय राजेश बोहरा, घोराही १३ मङ्लेरीका १४ वर्षीय सिरबहादुर थापा, घोराही ११ भिरकौवाका १३ वर्षीय कृष्ण राना, घोराही ३ कुइरेपानीकी १२ वर्षीया सलिना ओली घोराही २ मोतीपुरका १३ वर्षीय रमेश चौधरी, घोराही १४ बसपार्कका १० वर्षीय हिमाल नेपाली र घोराही १७ चौघेराका १४वर्षीय गिरिराज बुढामगर रहेका छन् । हिप्डेक नेपालका सदस्य शरद अधिकारीको अध्यक्षता एवम् घोराही उपमहानगर पालिकाकी उपमेयर सीता न्यौपानेको प्रमुख आतिथ्यतामाकार्यक्रम सम्पन्नभएको थियो । बुधवार उपमहानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिले श्रमिकबालबालिकालाई स्टेशनरी सामग्री तथा प्रतिपरिवार १६ हजार पाँच सयका दरले आयआर्जन सहयोग रकम हस्तान्तरण गर्नुभएको हो