लमहीको इलाका प्रशासन कार्यालय अाफ्नै भवनमा



ओमप्रकाश गुप्ता , लमही १५ साउन । दाङ देउखुरीको लमहीमा रहेको इलाका प्रशासन कार्यालयले अाफ्नै भवनबाट बुधबारदेखि सेवा दिन सुरू गरेको छ । लामो समय देखि लमहीकाे राताेडाँडामा भाडाकाे भरमा रहेर सेवा दिइरहेकाे इलाका प्रशासन कार्यालयले अाफ्नो भवन निर्माण गरेको हो । लमही नगर बिकास समितिकाे ठिक दक्षिण तर्फ सुबिधा संम्पन्न भबन निर्माण भएपछि साे कार्यालय सरेकाे हाे ।

दशाै बर्ष सम्म लमहीमा भाडाकाे भरमा संचालन भएको कार्यालयले आफ्नै भबनबाट सेवाग्राहीलाई सेवा दिन पाए पछि आफु निकै खुसि भएको कार्यालय प्रमुख प्रेमबहादुर खवासले बताएका छन् । झन्डै मासिक १५/२० हजार भाडा बुझाउनबाट कार्यालय मुक्त हुनुकाे साथै कार्य सम्पादन लगायत अन्य कामकाजमा पनि सहज भएको कार्यालय प्रमुख खवासकाे भनाई थियाे ।

यस कार्यामा आफु पनि डटेर लागि परेका कारण तथा कार्यालयकाे समस्यालाइ पटक,पटक संम्बन्धित ठाउँमा समस्या राखेको कारण साे कार्य सफल भएको बताए । तर त्यसमा यहाँका सबै साथ र सहयाेग पनि आफुलाई रहेकाे कारण पनि कार्यालय भबन बनाउन सफल भइएकाे उनको भनाइ रहेको छ । झन्डै १ बर्षमा भबन निर्माणकार्य सकिएको भए पनि अहिले यसै कार्यालय सुरुवात गरिएको भए पनि पछि भब्य कार्यक्रमका बिच कार्यालय उद्धाटन गर्ने कार्यक्रम पनि रहेकाे प्रमुख खवासले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्