बालुवाटारबाट खटाइएका सुराकी तत्काल फिर्ता गर्न ओलीलाई विप्लवको चेतावनी



सरकारद्धारा प्रतिबन्धित विप्लव नेकपाले आफ्ना कार्यकर्ता समाउन बालुवाटारबाट खटाइएका सुराकी तत्काल फिर्ता गर्न प्रम ओलीलाई चेतवानी दिएको छ । आफ्ना नेता कार्यकर्ताहरु सुराकीका आधारमा गिरफ्तार हुन थालेपछि नेकपा सेती–महाकाली ब्युरोले यस्तो कडा चेतवानी दिएको हो ।

चेङकाइ सेकपथमा उन्मुख केपी ओली सरकारले सेतिमहाकाली ब्युरोमा जारी राखेको राज्य आतंकले सिमा नाँघ्दै जनतामा त्रासको वातावरण पैदा गरेको सो पार्टीले जनाएको छ । नेकपा सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले बिहिबार एक बिज्ञप्ति जारी गर्दै बालुवाटारले सीआइडी तथा आरआइटी नामको गिरोह खटाएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारदेखि व्यक्ति हत्यासम्मको निर्देशन दिएको दावी गरेका छन् ।

एकातिर वार्ताको हल्ला गरेर बालुवाटारले अर्कोतिर कैलाली र कञ्चनपुर लगायत सुदुरपश्चिमका ९ वटै जिल्लाका गाउँबस्तीमा सुराकीको गिरोह परिचालित गरेको बिज्ञप्तिमा उल्लेख छ । ओली सरकारको यस्तो कार्यलाई कपटी चालको संज्ञा दिँदै नेकपाले घोर आपत्तिजनक, अराजनैतिक र अक्षम्य कदम भनेको छ ।

एकातिर आफ्ना दूतमार्फत वार्ताको भ्रमजाल थाप्ने तथा अर्कोतिर बालुवाटारको प्रत्यक्ष निर्देशनमा कथित सीआइबी तथा आरआइटी नामको गिरोहलाई हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारदेखि व्यक्ति हत्यासम्मको निर्देशन दिएर कैलाली, कञ्चनपुरलगायत ९ वटै जिल्लाका गाउँबस्तीमा परिचालित गर्ने केपी ओली सरकारको कपटी चाल घोर आपत्तिजनक, अराजनैतिक र अक्षम्य खालको छ, बिज्ञप्तिमा भनिएको छ ।

सीआइडी तथा आरआइटी नामको जत्थाले विशेष गरि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला तथा डडेल्धुरामा आफ्नो पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुका घर खान तलासी गर्ने, महिला तथा बालबालिकालाई आतंकित पार्दै मनोवैज्ञानिक त्रास सृजना गर्ने, सर्वसाधारण व्यापारी तथा ज्यालादारी श्रमिकलमई समेत गिरफ्तार गर्नेजस्ता घृणित कामहरु गरिरहेको नेकपाले जनाएको छ ।

त्यस्तै कैलाली जिल्लामा जनताबाट कथित निर्वाचित कतिपय मेयर र अध्यक्ष तथा वडाअध्यक्ष समेत सीआइडी, सुराकीको काम गर्दै आएको पनि पार्टीले प्रमाणित गरिसकेको नेकपाले प्रष्ट पारेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्