अन्तर्राष्ट्रिय

अमेरिका कोरोना : एकैदिन १४ सय ६५ को मृत्यु, ६८ हजार बढी संक्रमित

By थाहा अनलाइन

July 31, 2020

काठमाडौं / १६ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १४ सय ६५ जनाको मृत्यु भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा अमेरिकामा थप ६८ हजार ५६९ जना संक्रमित भएका छन् ।

७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८५ पुगेको छ ।

कुल संक्रमित संख्या ४६ लाख ३४ हजार ९८५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २२ लाख ८४ हजार ९६५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २१ लाख ९४ हजार ७३५ जनामध्ये १८ हजार ७८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।