चौथो चरणको अन्तरराष्ट्रिय उद्धार उडान आजदेखि शुरु



काठमाडौं / १६ साउन ।
आज देखि विदेशमा अलपत्र नेपालीको चौथो चरणको उद्धार उडान शुरु भएको छ ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन शुक्रवारदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले यो अवधिसम्म जम्मा १८ उडान गर्नेछ ।

युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारितामा चार्टर उडान हुने निगमले जानकारी दिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आज १३ अन्तरराष्ट्रिय उडान हुँदैछन् ।

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।