टप फिचर

चौथो चरणको अन्तरराष्ट्रिय उद्धार उडान आजदेखि शुरु

By थाहा अनलाइन

July 31, 2020

काठमाडौं / १६ साउन । आज देखि विदेशमा अलपत्र नेपालीको चौथो चरणको उद्धार उडान शुरु भएको छ ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन शुक्रवारदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले यो अवधिसम्म जम्मा १८ उडान गर्नेछ ।

युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारितामा चार्टर उडान हुने निगमले जानकारी दिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवै गरी आज १३ अन्तरराष्ट्रिय उडान हुँदैछन् ।

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् ।