श्रीधर अधिकारी र मिसन थापाको स्वरमा रहेको तिज गीत “सल्कियो” टिकटकमा भाइरल बन्दै



अमृत भट्टराई,पर्वत / १६ साउन ।
केही दिन अघिमात्र सार्वजनिक भएको तिज गीत सल्कियोले टिकटकमा निकै चर्चा कमाउन सफल भएको छ ।

हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अवसरमा कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल विभिन्न स्वर का धनि कलाकार श्रीधर अधिकारी ,गायक मिसन मगर र चर्चित गायिका प्रिया भण्डारीको आवाजमा रहेको मैलिक तिज गित सल्कियो बजारमा आएको केही समयमा नै टीकटकमा भाइरल बन्दै गएको छ ।

जसमा स्वर श्रीधर अधिकारी,मिसन मगर र प्रिया भण्डारीको रहेको छ भने लय श्रीधर अधिकारीको रहेको छ । बिमल अधिकारीको शब्द रहेको गीतमा थेगो निर्माण गायक श्रीधर अधिकारीले नै गर्नुभएको हो ।

सल्कियो गीत अहिले गाउँदेखि बजारसम्म जताततै टीकटकमा भाइरल भइरहेको छ । गीत पछिल्लो समय नारीको बेदना सँग मिल्दो र सामाजिक सद्भाव देखाउने खालको रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्