स्वयम्भूमा बस पल्टिदा बस चालकको मृत्यु



काठमाडौं / १६ साउन ।
काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक रहेको प्रहरीले जनाएको छ ।

बस चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका प्रमुख डीएसपी निरञ्जनदत्त भट्टले रा जानकारी दिए । भट्टका अनुसार मृतकको पहिचान खुलेको छै ।

गएराति करिब १२ बजेको समयमा कलंकीबाट नयाँबसपार्क जाँदै गरेको बा ५९८४ नम्बरको बस हलचोक र ठुलोभार्याङ्ग बीचमा दुर्घटना भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्