रमेश मल्ल प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा



ओमप्रकाश गुप्ता , सिसहनियाँ १६ साउन । दाङको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको इलाका प्रहरी कार्यालय भालुवाङको मातहतमा रहेको प्रहरी चाैकी सिसहनियाँमा कार्यरत रमेशकुमार मल्ल प्रहरी जवानबाट प्रहरी हवलदारमा बढुवा भएका छन् । तालुक प्रहरी प्रधान कार्यालय मानव श्राेत एवम् प्रशासन विभाग कर्मचारी प्रशासन शाखाकाे च.नं. २९८ मिति २०७७/०४/१५ गतेकाे निर्णय अनुसार मल्ल प्रहरी हवलदारमा बढुवा भएका हुन् ।

प्रहरी हवल्दारमा बढुवा भएका मल्ललाई बिहीबार इलाका प्रहरी कार्यालय भालुवाङमा प्रहरी निरिक्षक गंगाबहादुर सारूमगरले दर्जानी चिन्ह प्रदान गरेका छन् । दर्जानी चिन्ह प्रदान गर्दै प्रहरी निरिक्षक सारूमगरले बधाई दिनुका साथै अाफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन समेत दिएका छन् । कार्यक्रममा सहभागी अन्य जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्