जसपाका युवा नेता अकरम पठानद्वारा सुझाव सहित बकर ईदको शुभकामना व्यक्त



कृष्णनगर / १६ साउन ।
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ ।

तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान द्वारा स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

अकरम पठान ले (COVID-19) कोरोना भाइरस ले गर्दा लकडाउन रहेको अवस्था मा विपन्न परिवार मा राहत वितरण लगायत समय समयमा अन्य सामाजिक कार्य गर्दै आएका छन्।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत यूवा नेता तथा समाजसेवी अकरम पठान ले अनुरोध गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।