प्रदेश ५

माैरीघाटमा डेरा गरि बसेका यादवको कोठाबाट २० हजार रूपैयाँ चोरी

By Thah Online

July 31, 2020

ओमप्रकाश गुप्ता , सिसहनियाँ  १६ साउन । दाङको देउखुरीको राप्ती गाउँपालिका ४ माैरीघाटमा चोरको बिगबिगी बढेको छ । यसै क्रममा गएराती राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट स्थित राप्ती प्राविधिक शिक्षालय जाने बाटोमा डेरा गरि बस्ने धर्म यादवको कोठाबाट नगद २० हजार रूपैयाँ  चोरी भएको छ ।

कोठामा अाफु नभएको माैका छोपी चोरले कोठाको ताल्चा फोडी सो रकम चोरी गरेको पिडित यादवले जानकारी दिएका छन् । पिडित यादवका अनुसार राति ११ बजेको समयमा चोरी भएको हुन सक्ने बताएका छन् । यस अघि पनि माैरीघाटमा एकै घरमा ४ पटक सम्म र अन्य घरमा पनि चोरी भइसकेको छ । सो क्षेत्रमा गाँजा खाने युवाहरू बढी मात्रामा देखिने गरेकोले उनीहरू माथि अाफुलाई शंका लागेको बताएका छन् । यस विषयमा अनुसन्धान गरी चोरलाई कारवाही गर्न सम्बन्धित निकायलाई पिडित यादवले अनुरोध समेत गरेका छन् ।