टप फिचर

मास्क नलगाउने २ लाख जनालाई कारबाही गरियो

By थाहा अनलाइन

July 31, 2020

काठमाडौं / १६ साउन । सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि बाटोमा हिड्दा मास्क अनिवार्य लगाउन अनुरोध गर्दा-गर्दै पनि अटेरी गर्ने २ लाख जनालाई कारबाही गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शुक्रबारसम्म मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरिएको जानकारी दिए।

सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि बाँहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने नियम लगाएको छ।

यसरी नियन उल्लघंन गरी मास्कको प्रयोग नगर्नेलाई एक सय रुपैंया जरिवाना लिने गरिएको छ।

मन्त्रालयले फेरि पनि मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ।