यातायात र सरकारी कार्यालयहरुमा हुने गरेको भिडभाड नियन्त्रण गर्न जनमोर्चाको माग



ओमप्रकाश गुप्ता , दाङ १६ साउन । राष्ट्रिय जनमोर्चा दाङले सार्वजनिक विषयमा चासो राखेको छ । जनमोर्चा दाङ देउखुरी जिल्ला कार्यसमितिको शुक्रबार घोराहीमा बसेको बैठकले कोरोनाको जोखिम बढ्दै गएको अवस्थामा सार्वजनिक स्थानमा देखिएको भिडभाड प्रति चिन्ता व्यक्त गरेको छ । बैठकले सार्बजनिक यातायात र सरकारी कार्यालयहरुमा भिडभाड बढेकोले यसलाई नियन्त्रणका लागि सरोकारवाल निकायदेखि सर्वसाधरण नागरिकलाई अनुरोध समेत गरेको छ ।

बैठकले कोरोना महामारीका बिच जिल्लामा अन्य रोगीको उपचारमा समस्या देखीएको हुँदा सरुवा रोग अस्पतालको व्यवस्था गर्न सरकारसंग माग गर्ने निर्णय गरेको अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले जिल्लाका विकास योजनाहरुमा चरम लापरबाही भएको , समय सिमा भित्र योजनाहरु सम्पन्न नभएको , कागजमात्र मिलाएर अनुदान खाने गरेको , जनप्रतिनिधि आफ्नो अनुकुलमा बजेट हाल्न सक्रिय रहेको, हरेक योजनाहरुमा भ्रष्टाचार हुने गरेको , सेवा , सहयोग, सहुलियत र सुविधाहरु लक्षित वर्गलाई नभई पहुँचका नागरिकलाई मात्रै दिने गरेको गुनासोप्रति गम्भिर ध्यानाकर्षण जनाएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीको अध्यक्ष गणेश आचार्यको अध्यक्षता एवं केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।बैठकले प्राकृतिक विपदीबाट हुने क्षतिलाई न्युनिकरण गर्न पूर्वतयारी गर्नुपर्ने, किसानलाई मल सहजरुपमा पाउने व्यवस्था गर्नुपर्ने, प्राकृतिक स्रोतमाथि हुने चलखेल बन्द गनुपर्ने, नदिजन्य पदार्थको उत्खनन् रोक्नुपर्ने लगायतका निर्णय गरेको छ । त्यसैगरी बैठकले पाटीमा थपिएका नयाँ सदस्यहरुलाई भाद्र मसान्तभित्र संगठित गर्ने पनि निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।