Banner Third

सुनको भाउले आज पनि नयाँ रेकर्ड बनायो

By थाहा अनलाइन

August 01, 2020

काठमाडौं / १७ साउन । सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।