परिस्थिति सुध्रिए मात्र त्रिभुवन विश्वविद्यालयले परीक्षा लिने



काठमाडौं / १७ साउन ।
त्रिभुवन विश्वविद्यालयले कोराना भाइरस (कोभिड–१९)का कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ ।

यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना नभएको अवस्थामा स्नातक तहको भदौ अन्तिम हप्ता र स्नातकोत्तर तहको भदौ तेस्रो साताबाट परीक्षा लिने तयारी भइरहेको जनाएको छ ।

यसअघि सरकारले भदौ १ बाट कक्षा सञ्चालन, शैक्षिक गतिविधि एवं परीक्षा सञ्चालनका लागि बाटो खोलेपछि भदौ पहिलो साताबाट स्थगित परीक्षा लिने घोषणा विश्वविद्यालयले गरेको थियो ।

तर, त्रिविको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी स्नातक तहको परीक्षा सुरु हुनुभन्दा ३० दिन पहिले र स्नातकोत्तर तहका हकमा २० दिने पहिले सूचित गरिने जानकारी दिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्