धारिलो हतियार प्रयोग गरी कञ्चनपुरका एक युवतिको हत्या



कञ्चनपुर / १७ साउन ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए । “गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ ।” प्रवक्ता थापाले भने, “घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।” उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । “सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्