भालुवाङ शिवालय मन्दिरको कुटीमा बस्ने एक सय वर्षिया वृद्वा माथि आक्रमण



ओमप्रकाश गुप्ता भालुवाङ १७ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरको कुटीमा बसेकी १ सय वर्षिया वृद्धा अामा माथि सडक बालकले गएराती आक्रमण गरी घाइते बनाएको छ । घटना विवरण अनुसार पुरानो घर डोटी जिल्ला बताउने ती वृद्घा विगत ७ वर्ष देखि उक्त शिवालय मन्दिरको कुटीमा आश्रय लिएर जिवन गुजारी रहेकी छिन् ।

सवैले निकै माया गरी माताको रुपमा उनलाई सम्मान गर्ने गर्दछन् । शरिर अत्यन्त कमजोर भएका कारण जहाँतहाँ हिडडुल गर्न सक्दिनन् ,आँखा पनि राम्रो सँग देख्न सक्दिनन्, दाँत सवै झरेका छन् । यस्तो शारीरिक अवस्थामा पनि कुटीमा पुग्ने जो कोहीलाई आर्शिवाद दिन्छिन् ती वृद्धा अामाले । सधै विहान उठेर स्नान गरी शिवालयमा गएर पुजा आराधना गर्छिन् । तिनै १ सय वर्षिया वृद्घालाई विगत केहि वर्ष देखि भालुवाङ पुल्चोक क्षेत्रमा जाँड रक्सी, गाँजाभाङ खाने जस्ता कुलतमा लागेको तुलसीपुर, बिजौरी घर बताउने अन्दाजी १६/१७ वर्षको विवेक विश्वकर्मा नाम बताउने एक सडक बालकले कुटीमा पसेर नङन बनाई आक्रमण गर्नुका साथै नगद र घाँटीमा रहेको सुनको सिक्री लुटेर लगेको छ ।

ती बालकको आक्रमणबाट वृद्घा आमाको घाँटी, छाती, अनुहार र पेट तथा खुट्टामा चोटपटक लागेको छ । मन्दिरमा अरु कोही नबस्ने भएकाले रातीको समयमा उक्त घटना घटेको स्थानीयले बताएका छन् । बालकले आक्रमण गरेपछि वृद्घा आमा चिच्चाइन र मन्दिर वरीपरिका छिमेकीहरु त्यहाँ पुगी बालकलाई प्रहरीको जिम्मा लगाएका थिए । त्यसको केहि घण्टा नवित्दै प्रहरीले ती बालकलाई छोडेको थियो । बालक छुटेको थाहा पाएपछि शनिबार विहान स्थानीयहरुले प्रहरी प्रशासनको चर्को विरोध जनाएपछि दाङ र कपिलवस्तुको सिमाना धानखोलाबाट पुन ती बालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङको हिरासत कक्षमा राखिएको छ ।

भने वृद्घा आमाको उद्दार गरि इलाका प्रहरी कार्यालय भालुवाङले सिसहनियाँ स्वास्थ्य चौकीमा उपचार गराई स्थानीय छविला विष्टको संरक्षणमा राखिएको छ भने साउन १७ गते विहान राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल, स्वर्गद्घारी टोल विकास संस्थाका संयोजक गिरबहादुर गिरी, सचिव बासुदेव पण्डित लगायतको उपस्थितीमा उक्त बालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्ने टोल विकास संस्था मार्फत इलाका प्रहरी कार्यालय भालुवाङमा निवेदन दिएको छ ।

भने वृद्घा आमालाई राम्रो उपचार र स्याहार सुसारको प्रवन्ध मिलाउन भनिएको छ । यसै बिच भालुवाङ क्षेत्रका स्थानीय बासिन्दा, महिला अधिकारकर्मी, सञ्चारकर्मी र मानव अधिकारकर्मीहरुले मन्दिर कुटीमा गएराती भएको घटना प्रति दुख व्यक्त गर्दै भालुवाङ क्षेत्रमा पछिल्लो समय भइरहेका अपराधिक घटना प्रति चिन्ता र चाँसो व्यक्त गर्दै प्रहरी प्रशासन तथा स्थानीय सरकारले त्यस प्रकारका घटना हुन नदिन ध्यान पु¥याउनु पर्ने माग गरेको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्