उपत्यकामा ६ जनामा कोरोना पुष्टि



काठमाडौं / १७ साउन ।
आज (शनिबार) काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ५ जना र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२८, भक्तपुरमा ५८ र ललितपुरमा ९७ जना पुगेको छ।

त्यसैगरी देशभर ३१५ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ।

नेपाल हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्