वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु



वीरगञ्ज / १७ साउन ।
वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।

बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो ।

तर रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु भएको थियो । उनको रिपोर्ट शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।