कैलाली / १७ साउन। कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका सामुदायिक बिधालयमा बिभिन्न बाहाना मा चर्को शुल्क असुली हुन् थाले पछि अबिभाबकले बिरोध जनाएका छ। अंग्रेजी माध्याम पढाउने बाहाना बनाइ बिद्यार्थीबाट रकम असुली हुन थाले पछि राउमा बि सुखडका अबिभाबकले साउन ७ गते नगरपालिकामा अनुगमन र नियमनको लागि निबेदन नै दिएका छन।
नेपाल सरकार ले माध्यामिक सम्मको शिक्षा निशुल्क हुने घोषणा गरेपनि घोडाघोडी नगरपालिका केहि बिधालयले प्रवेश शुल्क,भर्ना र मासिक शुल्क निजि को भन्दा महँगो शुल्क असुली गरेको एक अभिभाकले बताउनु भयो।
सुख्ख्ड स्थित रास्ट्रीय माबि ले भर्ना शुल्क बाफत ३००० र कक्षा ९ को मासिक शुल्क ९०० असुली एक बिद्यार्थी ले नेपाल सन्दर्भ लाइ बताउनु भयो । यसैगरी साडेपानि स्थित दसरथ माबिले अंग्रेजी माध्यममा पढाइ हुने भन्दै बिद्यार्थी बाट प्रवेश शुल्क १००० असुलेको अभिभाबकले आरोप लगाएका छन्।
यसैगरी साडेपानि स्थित दसरथ माबिले अंग्रेजी माध्यममा पढाइ हुने भन्दै बिद्यार्थी बाट प्रवेश शुल्क १००० असुलेको अभिभाबकले आरोप लगाएका छन्। नेपालको शिक्षा ऐन र नेपाल को संबिधानमा प्रत्येक नागरिक ले माध्यामिक शिक्षा सम्ममा निशुल्क हुने ब्यबस्था नेपाल सरकारले नीतिगत ब्यबथा गरेपनि घोडाघोडी नगरपालिका सामुदायिक बिधाललाइ यो ऐनले कुनै बाधा गर्दैन।
शुल्क असुली सम्बधि बुझ्न खोज्दा राउमाबि का प्र अ को फोन संपर्क हुन सकेन तर लेखापाल संग बुझ्दा उहाले सहयोग शुल्क को नाम मा भर्ना हुने बेला २००० पार्टी बिधार्थी असुलेको बताउनु भयो।
यसैगरी साडेपानि स्थित दसरथ माबि नमुना विधालयका प्र अ सरद मल्ल ले प्रति बिधार्थी १५०० देखि २००० सम्म लेने गरेको बताउनु बताउनु भयो। नेपालको शिक्षा ऐन परिछेदन १५ मा बिधार्थी भर्ना र कक्षा चढाउने सम्बन्धि ब्यबस्थामा प्रस्ट रुपमा उलेख गरे अनुसार अर्खो बिधाल वा माथिल्लो कक्षामा भर्ना गर्ने को लागि तल्लो कक्षाको लब्धाङ्क र स्थानान्तरण परमाण पत्र आवस्यक पर्दछ तर घोडाघोडी नगरपालिका सामुदायिक बिधालले ति प्रमाण पत्र बिधार्थी संग नमागेको अभिभावक आरोप छ।