पानीमा डुबेर दाङमा एकजनाको मृत्यु



टेकबहादुर पुन,दाङ / १७ साउन ।
दाङको देउखुरीमा शुक्रबार हराएका एक ब्यक्ति शनिबार मृत फेला परेका छन् ।

भैंसी चराउन गएका लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ७४ का जगतराम अहिर शनिबार राप्ती नदिमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

स्थानियका अनुसार भैंसी चराएर घर फर्किने क्रममा उनी हराएका थिए । नदि पार गर्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आसंका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सत्य-तथ्य, खोजमुलक तथा नयाँ नयाँ रोचक भिडियोहरुका लागी (Thaha TV) थाहा टिभीलाई सब्स्क्राईब गर्नुहोस् ।