टप फिचर

पानीमा डुबेर दाङमा एकजनाको मृत्यु

By थाहा अनलाइन

August 01, 2020

टेकबहादुर पुन,दाङ / १७ साउन । दाङको देउखुरीमा शुक्रबार हराएका एक ब्यक्ति शनिबार मृत फेला परेका छन् ।

भैंसी चराउन गएका लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ७४ का जगतराम अहिर शनिबार राप्ती नदिमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

स्थानियका अनुसार भैंसी चराएर घर फर्किने क्रममा उनी हराएका थिए । नदि पार गर्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको आसंका छ ।