हांस्य कलाकार कमल गाउँलेको नया म्युजिक भिडियो ‘टिकटकले हिरो बनायो’ बजारमा



टेकबहादुर पुन,दाङ/ १७ साउन ।
गायक ज्ञानेन्द्र स्वर्णकारले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन । ज्ञानेन्द्र स्वर्णकारले तिजको मेलोडीमा रहेको सदाबहार गित ‘मलाई टिकटकले साथी हो हिरो बनायो’ सार्बजनिक गरेका हुन् ।

समाजमा लुकेर रहेका प्रतिभालाई टिकटकले उजागर गर्नमा ठूलो भुमिका खेलेको भन्दै टिकटकले हिरो बनायो नामक म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।

टिकटकले हिरो बनायो नामक गीतमा ज्ञानेन्द्र स्वर्णकारको सँगित सँगै सुष्मा सिर्पाईली सँग आफ्नै भोकल रहेको छ । यसअघि गायक स्वर्णकारले हल्लायो हल्लायो तिम्रो जवानीले दुनिया हल्लायो, बुझिनौ कि मायालु (टप्पा), नभन मलाई पुर्बेली पश्चिमेली (देशभक्ति), आगो आगो, दुख पाईया छ लगायत २ दर्जन बढी चर्चित गितहरु सार्बजनिक गरिसकेका छन् ।

दर्शक हरुले ‘टिकटकले हिरो बनायो’ लाई दर्शक स्रोताले सकारात्मक प्रतिक्रिया दिएको गायक स्वर्णकारले बताए । केडी शर्माले लेखेको गितलाई सुरेश पन्थीले छायांकन गरेका हुन । भने मोडल सुरज पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा गोपाल गोराथोकीले ड्रोन संयोजन गरेका छन् ।

भिडियोमा मोडल सुरज पाण्डे र सोनु महतराको दमदार नृत्य रहेको छ । हास्य कलाकार कमल गाउँलेको पनि दमदार बुवाको अभिनय रहेको छ । टिकटकले हिरो बनायो भिडियोलाई जि. एम. फिल्मस प्राली र बि. टि. एस. प्रोडक्सन हाउसले सम्पादन गरि बजारमा ल्याएको हो ।

विशेष गरि युबा पिडिका लागि भनेर तयार पारिएको गित ‘टिकटकले हिरो बनायो’ म्युजिक भिडियोलाई माया गरिदिन गायक स्वर्णकारले सम्पुर्ण दर्शकहरुमा आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्