दोषि सबै उपर कारबाही होस् : नगर प्रमुख घनश्याम पाण्डे (विज्ञप्ति सहित)



तुलसीपुर / १७ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई मिति २०७७ साउन १६ गतेका दिन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौ जाँदै गर्दा नाँगढुंगाबाट पक्राउ गरेको खबरप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अनुसार काम गरिरहेका छाै । यस उपमहानगरपालिकामा कोही कसैबाट अख्तियार दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचना गर्नका लागि हामीले निरन्तर सर्वसाधारणलाई सूचना समेत दिदै आएका थियौ ।

राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो । उपमहानगरपालिमा हामी आएको यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।

नगरबासी सबैलाई दुखी बनाउने यसखालको घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रह विना नै सत्य तथ्य छानविन भएर दोषिलाई आवश्यक कारबाहीका पूर्ण सहयोगको समेत प्रतिवद्धता व्यक्त गर्दछु । यो र यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारबाहीका लागि नगरप्रमुखका हिसाबले मैले कुनै पनि कन्ज्युस्याइ नगरेर सघाउँने कुरा यस प्रेस विज्ञप्ती मार्फत आमसर्वसाधारणमा जानकारी गराउँदछु ।

यसका साथै उपमहानगरपालिकामा हुने कुनैपनि अनियमितताका घटनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसैगरी जानकारी दिएर उपमहानगरपालिकालाई सुशासनयुक्त स्थानीय तहका रुपमा विकास गर्न आमसर्वसाधारणले यसैगरी सहयोग गर्नुहुन अनुरोध छ ।
………………
घनश्याम पाण्डे
प्रमुख

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्