अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खां द्वारा बकर ईदको शुभकामना व्यक्त



कृष्णनगर। साउन १७।
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आज शनिवारका दिन मनाइने भएको छ ।

अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खां ले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत अहले सुन्नत नईमिया नेपाल संस्थाका अध्यक्ष नसरूल्लाह खां ले अनुरोध गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्