टीकापुरमा बाढीले बिस्थापित २ सय २५ घरधुरिलाई वल्डभिजनले दियाे आवश्यक सामाग्री



कैलाली / १७ साउन ।
मंगलबार आएकाे अबिरल बर्षाका कारण टीकापुरकाे साविक नारायणपुर र धनसिंहपुर गाविसका घरवारविहीन बिस्थापित २ सय २५ घरधुरीलाई शनिबार आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बिच वल्डभिजन ईन्टरनेशनल नेपालकाे आर्थिक सहयोगमा बालकल्याण संघ टीकापुरकाे समन्वयमा साविककाे नारायणपुर र धनसिंहपुर गाविसका बाढी बाट बिस्थापित २ सय २५ घरधुरीलाई अावश्यक सामाग्री बितरण गरिएको हाे ।

आवश्यक सामाग्रीमा त्रिपाल २ पिस, २ पिस लाईलनकाे धागाे,लामखुट्टेकाे टाेकाई बाट बचाउने २ पिस झुल,प्लाष्टिक नेट २ पिस,ब्ल्याङकेट २ पिस,१ साेलार सेट र १ सेट खाना पकाएर खाने भाँडाकुडा बितरण गरिएकाे बालकल्याण संघका कार्यक्रम संयाेजक प्रेमसिंह तिरुवाले बताए ।

साविककाे धनसिंहपुर नारायणपुर,लालबाेझि,भजनि गाविसमा वल्डभिजनकाे सहयोगमा बालकल्याण संघकाे समन्वय समाजिक कार्यगर्दै आईरहेकाे बताउदै बालकल्याण संघका अध्यक्ष धन बहादुर बिकले बाढी बाट पिडित बिस्थापित भएका २ सय २५ घरधुरीलाई तत्काल सुरक्षाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको भन्दै अागामि दिनमा पनि बिपतमा परेका अाफ्नाे कार्यक्षेत्र भित्र पर्ने घरधुरीहरुलाई सहयोग गर्ने बताए ।

बाढीपिडित बिस्थापित परिवारलाई आवश्यक सामाग्री हस्तान्तरण गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले अबिरल बर्षाले टीकापुर नगरपालिकाकाे वडा न ६ देखि ९ वडा बढि प्रभावित वडाहरुका बाढीले बिस्थापित परिवारलाई बिपतका बेला आवश्यक सामाग्री बितरण गरि बल्डभिजन र बालकल्याणले सह्रानिय काम गरेको भन्दै अागामि दिनमा पनि सहयोगकाे अपेक्षा राखेको बताए ।

बाढी बाट बिस्थापित वडा न ६ र ७ का १ सय २२ घरधुरी वडा न ८ र ९ का १ सय ३ घरधुरीलाई गरि २ सय २५ घरधुरी जसमा १ सय २५ घरधुरी पुर्ण रुपमा बाकि १ सय घरधुरी अांशिक रुपमा क्षति भएका घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरेकाे हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्