प्रत्यक्ष बाट महिला कम



सैघाली खबर
काठमाडौं ,२८ मंसिर


प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमाले बाट पवित्रा निरौला खरेल,पद्माकुमारी अर्याल र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल विजयी हुनु भएको हो । प्रदेशसभा तर्फ १७ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार प्रदेश १, ४ र ५ मा दुई दुई जना, २ र ३ मा पाँच पाच र ७मा एक महिला निर्वाचित भएका छन् । प्रतिनीधि र प्रदेशसभामा कांग्रेसबाट कोही पनिमहिला निर्वाचित हुन सकेनन् । प्रदेशतर्फ एमालेबाट ८ र माओवादीबाट ७ तथा राजपा बाट २ महिला प्रत्यक्ष निर्वाचित भएका छन् । प्रतिनीधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फ महिला कम भएपछि अब समानुपातिकबाट धेरै सांसद बन्ने भएका छन् । संसदमा ३३ प्रतिशत महिला भने पनि दलहरुले प्रत्यक्षतर्फ कम महिलालाई उठाउँदा समानुपातिकबाट धेरै महिला आउने भएकाहुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्