कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु



कोरोना भाइरस संक्रमणबाट वीरगन्जको वयोधा अस्पतालमा शनिबार ६८ वर्षीया महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ६८ वर्षीया वृद्धाको साँझ ६ बजे मृत्यु भएको हो । गत साउन १४ गते वयोधा अस्पतालमा भर्ना भएकी वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो ।

वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको स्रोतले जनाएको छ । शुक्रबार विहान सवा १० बजेतिर वयोधा अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएपछी मात्र शुक्रबार राति ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘निमोनिया उपचारका लागि बुधबार अस्पताल आएको ती महिलामा शुक्रबार बिहान स्वासप्रश्वासको समस्या देखिएपछि कोरोनाको आशंका लागेर स्वाब संकलन गरि परीक्षण गर्दा मृत्युपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको भनी नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज सिंहले जानकारी दिए । साउन यता वीरगन्जमा मात्र १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्