खै नैतिकता ? भोट नदिएको रिसमा गापा अध्यक्षले यतिसम्म गाली गरे



काठमाडौं । बझाङको मष्टा गाउँपालिका अध्यक्ष कर्णबहादुर कठायतले मदिरा सेवन गरेर सेवाग्राही लगायत स्थानीयलाई धम्क्याएका छन् । स्थानीय तहको चुनावमा आफूलाई मत नदिएको भन्दै बेला बेलामा आफू भन्दा फरक विचार राख्ने स्थानीयलाई धम्क्याएको हो ।

उनी नेकपा एमालेबाट बिजयी भएका हुन् । हालै मात्र मदिरा सेवन गरी मष्टा गाँउपालिका वडा नं–२ का स्थानीय पिरु रोकायालाई अश्लिल शब्द प्रयोग गरी दुव्र्यवहार गरेको भिडीयो कान्तिपथ डटकमले प्रकाशन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी घर नजिकैका ७० बर्षीय वृद्ध रोकायालाई ‘तेरो बा हुँ म, मु…। त मेरो बा हैनस् कि म तेरो बा हुँ । तैले भोटै दिइनस् । त्यो बाटो तेरी आमाको दाइजो हो ? मेरो हो, राजा हुँ राजा के गर्छस्’ लगायतका शब्दहरु प्रयोग गरेका छन् ।

अध्यक्ष कठायतले यस्तो गरेको यो पहिलो घटना भने होइन । उनले बेला बेलामा यस्ता हर्कत गर्ने गर्दै आएका छन् । केही महिना अघि मात्र एकजनालाई फोन मार्फत् धम्क्याएको अडियो कान्तिपथ डटकमले नै सार्वजनिक गरेको थियो । यति मात्र होइन उनले आफ्नो पार्टी भन्दा फरक विचार राख्ने जो कोहीलाई थर्काउने र गाली गर्ने गरेका छन् ।

कठायत स्थानीय तहको चुनावबाट नेकपा एमालेबाट विजयी भएका हुन् । अध्यक्ष कठायतले नेपाली कांग्रेस र नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्तालाई धम्की दिने र अश्लिल शब्द प्रयोग गर्दै दुव्र्यवहार गर्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्