बाँके / १८ साउन ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ।
लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिवार राति १२ बजेबाट मंगलवार राति १२ बजेसम्म लकडाउन लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
लकडाउन पहिलेको भन्दा कडा हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।
शनिवार राति १२ बजेबाट मंगलबार राति १२ बजेसम्मका लागि जारी गरिएको लकडाउनका बेला अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन पाइने पनि प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।