‘मास्टरकी चेली’ लिएर अछामी बड्डो बजारमा आउँदै



देउडा गीत–संगीतको लागि सुदुरपश्चिम क्षेत्र निकै चर्चित छ । दिन प्रतिदिन देउडा गीतहरु निर्माण हुने र प्रकाशन तथा प्रशारण हुनेक्रम पनि तिब्ररुपमा जारी नै छ । यसैबीच सुदूरपश्चिम क्षेत्रका चर्चित देडडा गायक लालबहादुर धामी ‘अछामी बड्डा’को ‘मास्टरकी चेली’ बोलको गीतको छायाङ्कन भर्खर सकिएको छ । खप्तड डिजिटल म्यूजिकको प्रस्तुतिमा रहेको यो गीतमा राजेन्द्र शाहको शब्द संगित, बिनोद बाजुरालीको एरेन्ज र अछामी बड्डो र टीका पुनको स्वरमा यो गीत तयार गरिएको छ । ठट्यौली पाराको यो गीतको म्यूजिक भिडियोको निर्देशन भीम थापाले गरेका छन् । यसैगरी छायाङ्कन डिबि रौलेले गरेका छन् । गीतमा अछामी बड्डो, सीमा खड्का, लक्षमण अधिकारीको मुख्य अभिनय रहेको छ । मास्टरकी छोरी कति कलास पढ्याकी छै, हे लैगै मुटु चोरी एकै छड्क्या नजरले । अछामी बड्डो र टीका पुनले मिठो स्वर दिएको यो गीतमा माया प्रेममा ख्याल ठट्यौली भएकोले म्यूजिक भिडियोमा दर्शकहरुको अपेक्षा अनुसारको दृष्य राखिएको निर्देशक थापाले बताए । अछामी बड्डोका बड्डो आयो डिजेमा, पैसा कात्तरो, बाल पाली हाल जया, डोटीकी छोर्याट्टी लगायतका गीत चर्चित छन् ।
‘म आशावादी छु यो गीत छिट्टै बजारमा आउनेछ, सबैले माया गरी मन पराउन हुनेछ’ गायक धामीले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्