प्रचण्ड समस्या नभई समाधान हुन् : प्रदेश ३ कानूनमन्त्री जम्मरकट्टेल



काठमाडौं / १८ साउन ।
प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले नेकपा अध्यक्ष प्रचण्ड समस्या नभई समाधान भएको बताएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका जम्मरकट्टेलले प्रचण्डको प्रवृति अहिलेको पार्टी समस्या नभएको र विगतका इतिहासहरूले उनी समस्याको समाधान भएको बताएका छन् ।

उनले नेकपाभित्र पुर्व माओवादी पक्ष एक ढिक्का हुन नसकेको भन्दै प्रश्न गरेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्डलाई किन कमजोर बनाउन खोजिँदै छ ? स्थायी समिति र केन्द्रीय समितिका नेताहरू किन चुप लागेर बसेका छन् ? अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ?’

पार्टी एकता जोगाउन प्रचण्ड वरिपरि नै पुर्व माओवादी धार केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका छन् । समिकरणले कुनै समस्या नगरेको दाबी गर्दै उनले अन्तरसंघर्ष हुदाँबीचमा बसेर खेल्ने, एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने, प्रतिशोध साध्ने प्रवृति अवसरबाद भन्दै उनले त्यो प्रवृति समाप्त हुने चेतावनी दिएका छन् ।

अहिलेको पार्टीको अन्तरसंघर्ष वैचारिक रहेको भन्दै उनले पुर्व मााओवादी पक्ष प्रचण्डको वरिपरि एकताबद्द हुनुपर्नेमा जोड दिएका छन् ।

साथै यतिखेरको एक मतले पनि विशेष अर्थ राख्ने भन्दै उनले प्रचण्डका कदमहरूलाई साथ दिन र संकटको बेलामा मौन भएर कोही पनि नबस्न आग्रह गरेका छन् । यसले पार्टी एकता कमजोर पार्ने र गुटबन्दीलाई बढवा दिने नभई पार्टी एकता जोगिने उनको दाबी छ ।

उनको विज्ञप्तिमा यस्तो भनिएको छ- “मेरो यो धारणा पार्टी एकता कमजोर पार्न र गुटबन्दीलाई बढवा दिनको लागि होइन ।एकता लाई मजबुत बनाउन को लागि नै हो ।अहिलेको अनतरसंघर्षमा म एकदम स्पष्ट छु ।सबै नेताहरूलाई म उत्तिकै सम्मान गर्दछु ।कसैले यसलाई गलत तरिकाबाट भजाउन पनि सक्दछन ।आन्दोलनमा बिचार , नेतृत्व र संगठको महत्वलाई ढिक ढंगले बुझ्नु पर्दछ आज नेकपा भित्र को अन्तरसंघर्षमा बिशेष गरी पुर्ब माओबादी तर्फका तल्लो स्तरका कार्यकर्ता र समर्थक जनमानसहरूको एउटै धारणा छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका पुर्ब माओबादी पक्ष किन एक ढिक्का हुन सकेन ?अध्यक्ष कमरेड प्रचण्ड लाई किन कमजोर बनाउन खोजी दै छ ? स्थायी समिति र केन्द्रीय समिति का नेताहरू किन चुप लागेर बसेका छन ? अध्यक्ष कमरेड प्रचण्ड लई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ? मेरो बिचारमा (१) पार्टी एकता जोगाउन अध्यक्ष वरिपरि नै पुर्ब माओबादी धार केन्द्रित हुनु पर्दछ । (२) स्कतिपय स्थायि समिति का सदस्य कमरेड हरूको भाबना राम्रै होला तर अध्यक्ष कमरेड को त्यत्रो त्यागलाई अपमान गर्ने , उहाँ को कुरा नसुन्ने ले तपाईं हरूको कुरा पत्याएर एकता जोगाईदिनु हुन्छ । (३) समिकरणले बिग्रिएको छैन ।समिकरण बनाउन कोशीश कसले गरेको छैन ? (४) अध्यक्ष कमरेड प्रचण्ड को प्रबृति अहिलेको पार्टी को समस्या होईन ? बिगतका ईतिहासहरू साक्षी छन । उहा त समाधान हो । (५) अन्तरसंघर्ष हुदाँ बिचमा बसेर खेल्ने , एकता गराउने नाममा आफ्नो स्वार्थ सिद्द गर्ने , प्रतिशोध साध्ने प्रबृति देखिन्छ । त्यो अबसरबाद हो । त्यो प्रबृति समाप्त हुन्छ । (६) अहिलेको पार्टी को अन्तरसंघर्ष बैचारिक नै हो । हामी आफुलाई कुन बिचारमा उभ्याउने ? समाजबादमा पुग्ने बैचारिक अाधार कुन हो ? (७) कमिकमजोरीको समिक्षा गर्दे जाउला पुर्ब मााओबादी पक्ष अध्यक्ष कमरेड प्रचण्ड को वरिपरि एकताबद्द बनौ । उहाँ ले अगाडी बढाउने सबै कदमहरूलाई साथ दियौ ।संकटको बेलामा मौन भएर कोही पनि नबसौ ।यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ । तब मात्रै पार्टी एकता जोगिने छ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्