अपराध

कारागारबाट भागेका कैदी १० महिनापछि पक्राउ

By थाहा अनलाइन

August 02, 2020

काठमाडौं / १८ साउन । मकवानपुरमा कारागारबाट फरार रहेका एक कैदीलाई १० महिनापछि प्रहरीले पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दामा भिमफेदी कारागारमा २० वर्षको कैद सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका –७ का २५ वर्षीय कुलदिपराज धामीलाई प्रहरीले पक्राउ गरेको हो।

धामीलाई कञ्चनपुरबाट चितवनतर्फ आउने क्रममा नवलपुरको देवचुली नगरपालिका–१६ रहजरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) शुशिलसिंह राठौरले जानकारी दिए।

धामीले २०७१ सालमा चितवनमा २१ वर्षीय रोजिन गुरुङलाई हत्या गरेका थिए। उनलाई बाँकी सजाए भुक्तानीका लागि आइतबार नै भिमफेदी कारागार पठाइएको एसपी राठौरले बताए।

उनि गत कार्तिक ३० गते कारागारबाट भागेका थिए।