२४ घण्टामा २४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो



काठमाडौं / १८ साउन ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २४६ जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ६०३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १०,९३४ जना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्