दाङका आँठ दलित समानुपातिकको दौडमा



जनक नेपाली
दाङ, २८ मंसिर । दाङका आँठ दलित उम्मेदवार समानुपातिक दौडमा उत्रिएका छन् । नेपाली काँग्रेस, एमाले ,माओवादी केन्द्र« , राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीबाट समानुपातिको मैदानमा उत्रिएका हुन । समानुपातिकको मैदानमा पूर्व सभासद् देखि नयाँ अनुहार सम्मका उम्मेदवार सम्म रहेका छन् । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभाका लागि विमला नेपाली र प्रदेश सभाका लागि पुष्पाबादी रहनु भएको छ । एमालेतर्फ बाट भने दलित तर्फ समानुपातिक तर्फको उम्मेदवार शुन्य नै छ ।

माओवादी केन्द्रबाट भने प्रदेश सभाका लागि पुनम सेर्पाली नाम सिफारीस भएको छ । राष्ट्रिय जनमोर्चाका बाट प्रतिनिधी सभाका लागी चन्द्रबहादुर विक, प्रदेश सभाका लागि राम फक्किरे रैदास र नयाँ शक्तिका तर्फबाट प्रतिनिधी सभाका लागि धिरज सेर्पाली, दुर्गा सोप र प्रदेश सभाका लागि शारदा सार्कीको नाम सिफारीस भएर गैसेको छ ।

काँग्रेसका बिमला नेपाली काँग्रेसका तर्फबाट २०६४ मा समानुपातिकाका तर्फ सासंद बन्नु भएको थियो । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका पुनम सेपाली युद्धकाल देखि अहिले सम्म पनी लाभको पदमा पुग्नु भएको छैन । यद्यपी सेर्पाली लामो समय देखि दलित महिलाको क्षेत्रमा काम गर्दै आउनु भएको छ । यस्तै नयाँ शक्तिका धिरज सेर्पाली पनि जनयुद्धको भट्टी बाट उत्पादित कार्यकर्ता हुनुहुन्छ । यी सबै उम्मेदवारले दाङको दलित आन्दोलनमा महत्व पूर्ण योगदान पु¥र्यादै आउनु भएको थियो । समानुपातिकको दौडमा रहेका उम्मेदवार मध्य कस्ले बाजी मार्ला यो भने हेर्न बाँकी नै छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्