दाङमा नक्कली प्रहरी परीचय दिई अभद्र व्यबहार गर्ने व्यक्तिहरू पक्राउ



दाङ / १८ साउन ।
दाङ जिल्ला घोराही उ.म.न.पा ९ दक्षिण कर्मटुवा बस्ने बर्ष ३० को सुरोज नेपालीलाइ नक्कली प्रहरी परीचय दिई अभद्र व्यबहार गरेको आरोपमा पक्राउ गरिएको छ ।

उनले जि.प्र.का. दाङमा कार्यरत स.ई योगेन्द्र हमाल हुँ भनी नक्कली परीचय दिई जिल्ला दाङ घोराही उ.म.न.पा.१५ ट्राफिक चोक स्थित रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यबहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याएको खुलेको छ।

त्यसैगरी, जिल्ला सल्यान दार्मा गा.पा. ४ भलचौर बस्ने बर्ष ३० को गोपाल मल्लले समेत बिभिन्न मितिहरूमा म जि.प्र.का दाङमा कार्यरत अ.स.ई. हुँ भनी जिल्ला दाङ घोराही उ.म.न.पा.१५ ट्राफिक चोक स्थित पाहुना गेष्ट हाउसमा गई फ्रिमा खाने गरेको र होटल संचालकहरूलाई धम्क्याई अभद्र व्यबहार गरेकाले पक्राउ गरिएको छ।

साथै जिल्ला प्रहरी कार्यालय दाङले आफुलाई प्रहरी वा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति हुँ भनी पदको दुरूपयोग गरी आउने जो कोही व्यक्तिको बारेमा जानकारी लिई तत्काल नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन अनुरोध गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्