अपराध

कञ्चनपुरमा लागुऔषध ब्राउनसुगर सहित भारतीय नागरिक पक्राउ

By थाहा अनलाइन

August 03, 2020

कञ्चनपुर / १९ साउन । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी)ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताए।

पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ।