गढवामा ९ लाख बढी राजश्व संकलन



ओमप्रकाश गुप्ता , देउखुरी १९ साउन । देउखुरीकाे गढवा उद्योग बाणिज्य संघ गढवाले ब्यवसायीहरलाई गाउँमै पुगेर कर बुझाउने सेवा प्रबाह गरेको छ । संघले आफ्नाे सेवाक्षेत्र भित्रकाे कालाकाटे, पचाहा र राजपुरको जंग्रहवामा पुगेर यस्ताे सेवा प्रवाह गरेकाे हाे । यता आइतबार भने संघकाे कार्यालयमै शिविर सञ्चालन गरेर सेवा दिएकाे छ ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरको समन्वय र सहकार्यमा स्थानीय स्तरमै कर बुझाउने शिविर संञ्चालन गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिएका छन् । प्रत्येक बर्ष आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा व्यवसायहरू कर बुझाउन जाँदा निकै कष्ट बेहाेर्नुपर्ने समस्यालाई मध्यनगर गर्दै संघले नै यस बर्ष देखि कर कार्यालयकाे सेवा दिंदै आएकाे आचार्यले बताए । अब कुनै व्यवसायलाई यस बर्ष कर बुझाउन कै लागि तुलसीपुर जानुपर्दैन अध्यक्ष आचार्यले बताए । दुई दिन सम्म गढवाको कालाकाटे र पचाहा र एक दिन राजपुरकाे जग्रहवामा शिविर सञ्चालन गरी सेवा दिएकाे अध्यक्ष आचार्यले बताए । गाउँमै शिविर सञ्चालन गरेर यसरी यी सेवा दिन हामी गाउँमा पुग्दा व्यवसायहरू पनि निकै हर्षित भएको अध्यक्ष आचार्यले बताए ।

त्यस्तै संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरले काेराेना महामारीका कारण लामाे समय सम्म भएकाे लकडाउनलाई मध्यनगर गर्दै व्यवसायमा पर्न गएकाे समस्यालाई विशेष ध्यानदिंदै संघ यस बर्ष नयाँ व्यवसाय दर्ता तथा नबिकरण शुल्कमा ५० % प्रतिशत छुट दिएकाे बताए । उनले २० लाख भन्दा कम लगानीमा व्यवसाय गरेका व्यवसायहरूलाई आन्तरिक राजश्व विभागले दिएकाे ७५ प्रतिशत छुट दिएर व्यवसाय नबिकरण गरिएकाे बताए । बरिष्ठ उपाध्यक्ष बुढामगरले सबै ठाउँमा शिबिर सञ्चालन गर्दा अहिले सम्म करिब सात सय जनालाई सेवा प्रवाह गर्दा करिब १० लाखकाे हाराहारीमा राजश्व संकलन भएकाे बताए । जस अन्तर्गत ७७ जना अन्तरशुल्क र  २ सय ९३ जनाले आयकर शुल्क बुझाउँदा ५ लाख २९ हजार ६ सय २५ रूपैयाँ राजश्व तथा उवासंघ तर्फ ६ सय ४९ जना व्यवसायले नयाँ व्यवसाय दर्ता तथा नबिकरण गर्दा ३ लाख ८९ हजार ४ सय गरी कुल ९ लाख १९ हजार २५ रूपैयाँ राजश्व संकलन भएकाे संघका बरिष्ठ उपाध्यक्ष बुढामगरले जानकारी दिएका छन् ।

यता गाउँमै उद्योग वाणिज्य संघले शिविर सञ्चालन गरेर सेवा दिएकाेमा व्यवसायहरूले खुसी व्यक्त गरेका छन् । प्रत्येक बर्ष कर बुुझाउन तुलसीपुर जानू पर्थ्याे, तुलसीपुर जाँदा एक दिनमा काम नहुने, लाइनमा बस्नुपर्ने, एकदिनमा काम नहँदा हाेटेलमा बस्दा फाेकटमा थप खर्च, र याे बर्खामा तुलसीपुर सम्म जाँदा खाेलानालाले बाटाे छेक्ने समस्या हुँदा निकै दुख पाउनुपर्थ्याे शिविरमा सहभागी व्यवसायहरूले बताएका छन् । गाउँमा उद्योग वाणिज्य संघले शिविर चलाउँदा समय, पैसाकाे बचत हुने भएकाे हुँदा हामी निकै हर्षित छाैं, शिविरमा सेवा लिन आएका सेवाग्राहीहरूले बताएका छन् ।शिविरमा करिब ७ सय बढीले सेवा लिएका छन् । शिविरमा संघका कार्यसमिती, पदाधिकारी लगायतकाे उपस्थित रहेकाे थियाे ।

शिविरमा कुल २ सय ३४ जना ब्यवसायिहरुलाई सेवा प्रबाह गरिएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । जस अनुसार गढवा गाउँपालिका अन्तर्गतका कालाकाटे र पचाहामा ४२ जनाले अन्तशुःल्क बुझाएको, ११० जनाले आयकर बुझाएको र १३३ जनाले ब्यवसाय दर्ता तथा नविकरण गरेको टोलीका अगुवा गढवा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिएका छन् । यसैगरी राजपुरको जंग्रहवामा २ दिन सम्म संचालन गरिएको शिविरमा २४ जनाले अन्तशुल्क र ९६ जनाले आयकर बुझाएको र ९९ जनाले ब्यवसाय दर्ता तथा नविकरण गरेको संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्