सभा, बैठक र भेलाहरु नगर्न निर्देशन



जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।

जिल्लामा केही सहकारीले साधारण सभा, विद्यालयले अभिभावक भेला र अन्य संघ–संस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।

निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

चितवनका सातवटै स्थानीय तह, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय एकाइ र विभिन्न सङ्घ–संस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्