दाङमा १३ं.४ मिलिमिटर वर्षा , थप ४ सम्म दिन वर्षात हुने अनुमान



जेष्ठ २३ दाङ ।  सोमवार वुलेका देखी लगातारको  वर्षातका कारण दाङमा  १३ दशमलव ४ मिलि मिटर वर्षा भएको छ  । मौसम फिल्ड कार्यालय दाङका मंगलवार विहान ८ः४५ को अनुसार लगातारका वर्षातका कारण दाङमा मात्रै १३ दशमलव ४ मिलिमिटिर वर्षात भएको मौसम फिल्ड कार्यालय घोराहीका शरद शर्माले जानकारी दिए । पश्चिम वंगालको मनसुन पुर्वी नेपालमा भित्रिए मौसम वदली भई नेपाल भर एकसाथ वर्षात भईरहेको जानकारी दिए ।

पश्चिम मनसुन पुर्वी नेपाल भित्रिएका अझै यो मनसुन हट्न ४ दिन लाग्ने जल तथा मौसम विभाpani 2गले जिल्लामा खवर पठाएको छ । वर्षात अझै ४ दिन सम्म जारी रहेको मौसम विभागले अनुमान गरेको शर्माले जानकारी दिए । दाङमा पनि ४ दिन सम्म वर्षात हुने अनुमान गरिएको शर्माले जानकारी दिए । मंगलवार दाङको अधिकतम तापक्रम २२.४ डिग्री सेलसियस मात्रै रेकर्ड भएको छ । भने सोमवार उक्त समयमा दाङको अधिकतम तापक्रम २७.४ डिग्री सेल्सियस थियो । यसैबीच मंगलवार विहान ६ बजेको दाङको न्यूनतम तापक्रम २२.० प्रतिशत रेकर्ड कायम छ रहेको मौसम फिल्ड कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्