निर्माणको गतिलियो कटुवा खोला पुलले



गिरिराज नेपाली
दाङ, २८ मंसिर । चारवर्ष देखि अलपत्रमा परेको घोराहीको कटुवा खोला पुल निर्माणले केही दिनदेखी गतिलिएको छ । प्राधिविक डिजाईन फेरबदल, निर्माण कम्पनीको ढिलाई र निर्माण सामाग्रीको अभावका कारण ठप्प रोकिएको पुल निर्माणले केहिदिन देखि निर्माणको तिव्रता पाएको छ ।

सडक डिभिजन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७१ भदौ ११ गते वाट निर्माण सुरु गरी निर्माण सुरु गरी आर्थिक वर्ष २०७३ असोज १० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने पहिलो म्याद तोकिएको थियो । तोकिएको म्याद भित्र निर्माण सम्पन्न हुन नसक्दा १ वर्ष म्याद थप गर्दै २०७४ असोज १० सम्म दोस्रो म्याद थप गरेर निर्माणका लागि काम अघि वढाए पनि उक्त समय गुज्रिदा सम्म पनि जस्ताको त्यस्तै रहेको कटुलाखोला थप गरिएको म्याद दुईपर आईपुग्दा भर्खर निर्माण सुरु गरेको छ ।
पुल निर्माणको ढिलाई हुुनुमा निर्माण कम्पनीले सडक डिभिजनको सडक डिभिजनले निर्माण कम्पनीलाई दोष दिदै आईरहेका छन । सडक डिभिजनका ईन्जिनियर शेखर योगीले निर्माण कम्पनीकै लापरवाहीले पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले आलटालमा समय विताउदा समयमा खोलामा पुल बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले धेरै प्रयास र ताकेता गरेर निर्माण कम्पनीले बलबल निर्माणको सुचारु गरेको छ । ’ त्यो पनि पुरा गर्ने हो कि ! विचमैमा छोड्ने हो भर छैन । योगीले हामीले सम्झौता तोड्छौ भन्ने पछि निर्माण कम्पनीका केन्द्रिय प्रतिनिधि नै दाङमा आई स्थानिय प्रतिनिधिलाई जवरजस्ती काम गर्न लगाएको उहाँको भनाई छ ।

पुल निर्माणमा ढिलाई हुनुका कारण प्राविधिक पक्षका कारण पनि केही ढिलाई भएको बताउनुभयो । पहिलो डिजाईनमा तीन सय सेन्टीमिटरको सतह ढलाईन गरिने गरी योजना तयारी पारिएको थियो । तर उक्त डिजाईनमा ‘बिम’ कमजोर बनेकाले त्यसलाई घटाई साढे दुई सय सेन्टीमिटरको सहत ढलाई गरिने पछिल्लो डिजाईन तयार गरी निर्माण कार्य थालनी गरेको योगीले बताउनुभयो । यस पटकको अन्तिम समयसिमा फागुन मसान्त सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने दोहोरो सहमति भएको योगीले बताउनुभयो ।

सडक डिभिजनले ढुक्क भएर पुरानै डिजाईनमा निर्माण सम्पन्न गर्न तयार नभएकाले आफुले निर्माणको काम ढुक्क भएर समय सुचारु गर्न नसकेको निर्माण कम्पनीको भनाई छ । पुलको जग ढलानका आधारमा परिपक्क नभएको र पुल लागि आवश्यक पर्ने बिरेङ पहिलो डिजाईनमा प्लाष्टिकमा रहेकाले निर्माणको काम ढुक्क भएन गर्न नसकेको निर्माण कम्पनीको दावी छ । पछिल्लो डिजाईनले अनावश्यक उचाई राखेर काम गर्न निर्देशन दिएकाले आफुले उक्त डिजाईनका आधार निर्माण गर्दा प्राविधिक रुपमा पुल कमजोर भन्ने भन्दै आफुले त्यो निर्माणमा आनाकानी गरेको निर्माणको जिम्मा लिएको कान्छाराम शंकरमाली निर्माण कम्पनीका प्रतिनिधि पदम शर्माले बताउनुभयो । अनाश्यक खर्च बढाउने गरी सडक डिभिजनले डिजाईन पास गरेर संरचना निर्माणमा अवरोध पु¥याएको उहाँको आरोप छ । उहाँले भन्नुभयो– ‘ डिभिजन आफैमा ढुक्क थिएन डिजाईनमा कसरी काम गर्ने । ’ त्यो कुरा जनताले बुझेनन , मैलाई नै दोषी देखाए ।

आज बेरिङ्ग आइसक्छ । भोली वा पर्सी पुल क्याप ढलानको काम सकिन्छ । सवै कुराको तयारी व्यवस्था मिलेमा हामीले पुल किन कन्जुस गर्ने ? तर कहिले ठेकेदार गरेर भन्दै गाएको छ । बसेको गर्ने बेलामा गर्नदिनुछैन । कस्तो प्रविधिको कस्तो डिजाईनमा गराउने त्यो नै अलमलमा छ । दोष हामीलाई दियो आफु पन्छीयो । निर्माण प्रतिनिधि शर्माले भने अबको तीन महिनाका निर्माणको काम सक्छौ । तर भनेको बेलामा काम अनुुसारको पैसा भुक्तानी दिनुपर्छ । चार करोड ३५ लाखको लागतमा निर्माण हुन लागिरहेको उक्त पुलको करिव ६० प्रतिशत काम सकिएको शर्माले बताउनुभयो । वाँकी काम पनि छिट्टै सक्ने गरी तिव्रता दिईरहेको उहाँको भनाई छ ।

शालिक र विद्युत पोल सडकको अबरोध
घोराहीको कटुवाखोला पुल देखी करिव तुलसीपुर चोक सम्मको चार लेन सडक विस्तारको काम पनि पछिल्लो समय निकै गति पाएको छ । सडक दाया वायाँ दुवैतिर नाला देखी ह्याम्पाईप , क्यारी , ग्राभिलिङ र कटुवाखोला देखी ट्राफिक चोक सम्म कालोपत्र गरिए पनि विपि चोक र ट्राफिक चोकमा शालिक र विद्युतपोल नहटाउदा त्यहाँ कुनै काम हुन सकेको छैन ।

शालिक र विद्युत पोल नहटाउदा दुई स्थानको काम रोकिराखेको ठेकेदार पदम शर्माले बताउनुभयो ।यता घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले विद्युत र शालिकका कारण सडक निर्माणमा कुनै अवरोध नहुने बताउनुभयो । निर्माण कम्पनीले त्यस स्थानमा काम थालनी गरेको केही समयमा शालिक र विद्युत पोल तुरुन्तै हटाईने प्रमुख चौधरीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्