तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव फेला



काठमाडौं / २० साउन।
काठमाडौंको तीनकुनेस्थित बागमती खोलाको पुलमुनि एक पुरूषको शव भेटिएको छ ।

मंगलबार दिउँसो भिएस निकेतन स्कूल अगाडिको खोलामा एक पुरूषको शव भेटिएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले जानकरी दिए ।

शव खोलाबाट बाहिर निकालिसकेपनि कसको हो भन्ने पहिचान भईनसकेको डिएसपी बस्नेतले बताए ।

ती व्यक्तिको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्