देउखुरीमा एक युवती माथि ४ युवाद्वारा सामुहिक बलात्कार , २ जना पक्राउ २ फरार



ओमप्रकाश गुप्ता , सिसहनियाँ २० साउन । दाङको देउखुरीमा एक युवती माथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका प्रकाश नेपाली, २३/२४ वर्षका इसव जिसी र १९/२० वर्षका भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले बताएकी छिन् ।

पिडित युवती अाफ्नो १९ वर्षिय प्रेमी सँग गत साउन १६ गते दिउँसो घर नजिकको शान्ति सामुदायिक वन र घण्टदेव सामुदायिक वनको सिमानाको जंगलमा घुम्न गएका बेला ४ जनाको समुहमा अाएका ती युवाहरूले पिडित युवतीकी प्रेमीलाई कुटपिट गरि घाइते बनाएर  बलात्कार गरेको पिडित युवतीले जानकारी दिएकी छिन् । दोषी मध्ये अर्जुन विकले ती युवतीको मुखमा करिव एक घण्टा सम्म लगातार मुखमा लिंक घुसाएर मुख  मैथुन गर्नुका साथै संवेदनशील अंक मसारेको र अन्य ३ जनाले पनि त्यसमा सहयोग गरेको पिडित युवतीले बताएकी छिन् ।

पिडित युवतीले दिएको जानकारी अनुसार उनी त्यो दिन महिनावारी भएकोले कपडामा रक्तश्राप भएपछि प्रेमीलाई भनेर जंगलमा रहेको बगिया खोलामा नुहाउन गएकी थिइन् । नुहाएर कपडा चेन्ज गर्ने बेला एक्कासी अाएको युवा टोलीले प्रेमीलाई कुटेर घाइते बनाई बलात्कार गरेको बुझिएको छ । दाई मलाई यस्तो नगर्नु म तपाईको बहिनी जस्तो मान्छेलाई यस्तो किन गर्नु हुन्छ । लाज लाग्दैन भन्दा भन्दै सेक्स गर्न नदिए मार्छु काट्छु भन्दै जवरजस्ती गरेको पनि पिडित युवतीले बताएकी छिन् ।

यस्तै ति बलात्कारी युवाको कुटाइबाट पिडित युवतीकी प्रेमीको शरिरै भरि निलडाम र चोट लागेको छ । घटना भएको दिन प्रहरी घटना स्थलमा अाएपनि सामान्य सोधपुछ गरेर गएको थियो ।  पिडित युवतीकी बुवा अामा काठमाडौंमा होटल व्यवसयी गरी बसेकोले घटना घटेको दिन उनकी अामा अाउन नसकेपनि अार्को दिन अर्थात साउन १७ गते पिडितकी परिवार, युवतीकी प्रेमी र अन्य व्यक्ति इलाका प्रहरी कार्यालय भालुवाङमा जाहेरी दिन गएपनि त्यो दिन पनि प्रहरीले अालटाल गरि जाहेरी दर्ता नगरेपछि पुन अार्को दिन अर्थात साउन १८ गते मात्र प्रहरीले ४ जनाको नाममा जाहेरी गरेको र त्यो दिन मात्र पिडित युवतीको स्वास्थ्य परिक्षण भएको पिडित युवतीकी अामाले जानकारी दिएकी छिन् ।

बलात्कार जस्तो जघन्य अपराधका अपराधीहरूलाई प्रहरीले बचाउन खोजेको र जाहेरी दर्ता गर्न अाँलटाल गर्नु प्रहरी माथिनै शंका उत्पन्न भएको पिडित पक्षले अारोप लगाएको छ । बलात्कारी मध्ये अर्जुन विक फरार छन्  । भने अन्य ३ जना बलात्कारी युवा गाउँमा खुलेयाम हिडे पनि उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । यता पिडित युवती उनकी अामा र युवीकी प्रेमीले बलात्कारीहरूलाई फाँसीको सजाय वा अाजिवन कैदको माग गर्दै छिटो भन्दा छिटो न्याय दिन माग पनि गरेका छन् । तर तिनै समाजका केही समाजसेवी बुद्धिजीवी भन्नेहरू र दोषीहरूका परिवारले यो केसलाई गाउँघरमा मिलाउन दवाव दिइरहेको बुझिएको छ ।

यता यस विषयमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगाबहादुर सारूमगर सँग बुझ्दा जाहेरी दर्ता भई दोषीहरू माथि जवरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जी अाएपछि मंगलबार प्रहरीले इसव जिसीलाई तुलसीपुरबाट फर्किदै गर्दा बाटो बाटै र भुपाल थापामगरलाई प्युठान स्थित मामा घरबाट पक्राउ गरेको प्रहरी निरिक्षक सारूमगरले जानकारी दिएका छन् । फरार २ जनालाई प्रहरीले खोजी रहेको र अहिले पनि प्रहरी फिल्डमानै रहेको बताउँदै खोजी कार्यमा सहयोग गर्न प्रहरी निरिक्षक सारूमगरले सवैमा अाग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्