भिडियो

कार्टुनमा बच्चा भेटिएको भन्दै मिडियामा आउने पुष्पाले आफैले लगेर राखेको र प्रहरीकोमा खबर गरेको खुल्यो (भिडियो)

By थाहा अनलाइन

August 04, 2020

सीता रेग्मी, काठमाडौं / २० साउन। केहि दिन अगाडी कपनमा कार्टुनमा प्याक गरिएको अवस्थामा एउटी बच्ची भेटीईन भन्ने खबर देश विदेशमा भाइरल भयो।

केहि समयदेखि समाजसेवा गर्दै आएकी पुष्पा अधिकारीले कार्टुनमा बच्चा भेटियो भनेर प्रहरीलाई खबर गरिन, त्यसपछि प्रहरी अनुसन्धानमा जुट्यो।

समाजसेवाको नाममा अरु १५ जना बच्चा पाल्दै आएकी पुष्पा अधिकारीलनै ति बच्चीलाइ कागज गरेर पाल्न लैजाने प्रकियामा लागिन।

उनको त्यस्तो सहयोगी मनको तारिफको समाचार साना देखि राष्ट्रिय स्तरका मिडियाहरुमा छ्यापछ्याप्ती भए। तर सत्यको जसरि भए पनि जित हुन्छ भने झैँ झुटको पर्दाफास भयो। उनले यति सम्म खेल रचिन कि त्यो खेलको तरिका सुनेर सबै सञ्चारमाध्यम छाँगाबाट खसेझै भए।

इमेज टेलिभिजनको एउटा अन्तार्बार्तामा उनि आफैले ति बच्चीलाई कार्टुनमा प्याक गरेर लगेर राखेको र प्रहरीलाई बोलाएर कार्टुनमा प्याक गरेको अवस्थामा बच्चा भेटियो भनेर खबर गरेको खुलाएकि छिन।

यो कुरा थाहा पाउने बित्तिकै सारा संचारमाध्यम उनको घर घेराउमा लाग्यो। उनले ति बच्चिकै आमाले त्यस्तो गर्न लगाएको बताएकी छिन।

यो बारेमा सम्पूर्ण कुरा बुझ्न यो भिडियो हेर्नु होला…